४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ

कञ्चनपुर । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुरबाट ५० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भीमदत्त नगरपालिका–१६ परखेडी घर भएका करन सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

करनले मादक पदार्थ खाएर ती बालिकालाई उनकै घरमा बलात्कार गरेको आरोप लागेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु
Loading...