बझाङ पहिरोमा बेपत्ता १९ जनाको अवस्था पत्ता नलाग्दै खोजी स्थगित

बझाङ — पहिरोमा परेर बेपत्ता १९ जनाको अवस्था पत्ता नलाग्दै खोजीकार्य बन्द गरिएको छ । कात्तिक १ मा बझाङको थलारा–४ डिक्लाका आएको पहिरोमा परेर १९ जना अझै बेपत्ता रहेको अवस्थामा पीडित परिवारलाई खबर नै नगरी टोली बुधबार टोली फर्किएको हो ।

आठ दिनसम्म खोजी गरेको उद्धार टोलीले फेला पारेका चार शवमध्ये दुइवटाको कम्मरभन्दा तलको भाग मात्रै भेटिएको थियो । १९ जना अझै बेपत्ता रहेको अवस्थामा पीडित परिवारलाई खबर नै नगरी टोली बुधबार टोली फर्किएको हो । पर्याप्त जनशक्ति, उपकरण र प्रविधिको अभावमा खोजीकार्य सफल हुन नसकेको हो । सेना, सशस्त्र र नेपाल प्रहरी सम्मिलत टोली उद्धार कार्यमा संलग्न थियो ।

डीएसपी रूपक खडकाले खोजीमा प्रविधि अभाव र धेरै दिन बितेकाले स्थगन गरिएको बताए । वेपत्ता भएकाहरू भेटिने सम्भावना नरहेकाले खोजी बन्द भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । ‘अब भेटिने सम्भावना नदेखेरै टोली फिर्ता भएको हो,’ उनले भने, ‘प्रक्रिया पुर्‍याएर बेपत्ता सबैलाई मृत घोषणा गर्ने तयारी गरेका छौं ।’

कमेन्टहरु
Loading...