बारा । बारा जिल्लाको महागढीमाई नगरपालिका, बरियापुरस्थित विश्वप्रसिद्ध धार्मिक स्थल गढीमाईको प्राङ्गणमा टिकटक भिडियो बनाउन निषेधित गरिएको छ। टिकटक भिडियो बनाउदा समस्या बढ्दै गई यहाँको माहोल नै बिग्रेपछि दण्ड जरिवानाको व्यवस्था लागु गरिएको छ र ‘टिकटके’ लाई नियन्त्रण गर्न नगर प्रहरी समेत खटाइएको छ।
‘मन्दिर परिसरमा जुता चप्पल लगाएको तथा टिकटक बनाएको देखिएमा शख्त भन्दाअति शख्त कारबाहीको साँथै नियमानुसार जरिवाना पनि गरिने छ’भनेर सुचना समेत टाँसिएको गढीमाईका एक जना पुजारी मंगल चौधरीले बताए ।
अहिले नगरपालिकाले टिकटकमा रोक लगाएपछि राहत भएको साथै प्रहरीले रोक्ने गरेपछि ‘टिकटके’हरु अहिले त्यहाँ सक्रिय हुन पाएका छैनन् पुजारी चौधरीले भने । टिकटके लाई रोक्न त्यहाँ खटाइएका नगरनेपाल प्रहरीको स्थानीय चौकीले पनि गढीमाईमा अनावश्यक गतिबिधि नियन्त्रणमा समेत सघाएको बताइएको छ।