बेमौसमी वर्षाले देशभर ८ अर्बभन्दा बढीको धानबालीमा क्षति

धान भित्र्याउने बेलाको बेमौसमी अविरल वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धानमा क्षति भएको हो ।

मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलका अनुसार बेमौसमी वर्षाले १ लाख ७१ हजार ७६ क्षेत्रफलको धान खेतीमा असर गरेको छ भने ७१ हजार ११ हेक्टर क्षेत्रफलको धान खेतीमा क्षति भएको छ । २ लाख ६९ हजार ८ सय ४२ मेट्रिक टन धान क्षति गरेको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशको बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा मात्रै ४ अर्व ५१ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै गण्डकी प्रदेशमा १३ करोडको धानबालीमा क्षति गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रदेशस्तरमा तथ्याङ्क संकलनमा समन्वय र सहजीकरणका लागि सातवटै प्रदेशमा एक एक वटा कार्यटोली गठन गरेको छ । सातै प्रदेशमा क्षति मूल्याङ्कन र राहतका लागि भोलि मंगलवार सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवसँग छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

 

कमेन्टहरु
Loading...