सुदुरपश्चिम पुगेर पौडेलले भनेः प्याकेजमा राहत देऊ

बाढी पहिरोबाट आहत सुदुरपश्चिमको स्थलगत अवलोकन गर्न पुगेका कांग्रेस उपभासभापति रामचन्द्र पौडेलले पीडितलाई प्याकेजमाराहत दिन सरकारलाई आग्रह गरेका छन् ।

पीडितको दुःख बुझ्न आएको बताउदै पौडेलले प्याकेजमै राहत बाँढ्नुपर्ने भन्दै सरकारलाई आफुले यस विषयमा घचघच्याउने बताए ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकोप्टरवाट भ्रमण गरेर फर्किएका थिए ।

पीडितको अवस्था बुझ्न आइपुगेका पौडेलले पार्टी महाधिवेशन तालिका प्रभावित भएकोमा गुनासो गर्दै अझैपनि तालिका बनाएर अधिवेशनका कामलाई निरन्तरता दिन सकिने बताए ।

कमेन्टहरु
Loading...