लोक कवि अलिमियाँ स्कूल डान्स आईडलको अडिसन राउण्ड सम्पन्न

पोखरा, १४ पुस/अखिल नेपाल चलचित्रकर्मी संघ कास्की पोखरा र नटराज कला पाठशालाको संयुक्त आयोजनामा शुरु भएको  कास्की जिल्लाव्यापी लोक कवि अलिमियाँ स्कूल डान्स आईडलको पहिलो अडिसन राउण्ड सम्पन्न भएको छन् । लेखनाथको डायमण्ड उच्च मावि र पोखराको राष्ट्रिय उच्च माविमा भएको अडिसन राउण्डमा २२ जना क्वार्टर फाईनलमा प्रवेश गरेका छन् भने दुई जना बैकल्पिकमा परेको आयोजकले जनाएको छ । क्वार्टर फाईनलको राउण्ड माघ ६ गते आयोजक समितिका संयोजक कमल भण्डारीले जानकारी दिए ।

प्रतिभाको खोजी मञ्च प्रदान र सम्मान गर्ने उद्देश्यले आयोजना गरेको आईडलमा  प्रथम हुनेलाई १५ हजार प्रमाणपत्र ट्रफी, म्युजिक भिडियो र फिल्ममा अवर प्रदान गर्न प्रयत्न गरिनेको साथै नटराज कला पाठशालामा दुई महिनाको फ्रि कोर्ष तालिम उपल्वध, दोश्रो हुनेलाई १० हजार प्रमाणपत्र, ट्रफी र साँस्कृतिक कार्यक्रमहरुमा समावेश गराईने र तृतीय हुनेलाई नगद पाँच हजार प्रमाणपत्र र ट्रफीको व्यवस्था रहेको छ ।

कमेन्टहरु
Loading...