सरकारलाई किसानको आँशुले नपोलोस्

सम्पादकीय । मानो रोपेर मुरी झार्ने समयमा प्राकृतिक बज्रपात परेर यतिबेला देशभरी झरीसँगै किसानको आँखाबाट आँशुको भेल बगिरहेको छ ।

लहलह झुलेका धान खेत नदिमा बदलिएको छ । जसरी निरन्तरको झरा पश्चातको बाढिले खेत बगाएको छ । उसैगरि अविरल बगिरहेको छ किसानको आँखाबाट आँशुको भेल ।

धानका धाजा फाटेजस्तो कुरकुच्चा बोकेर ज्यानको कुनै प्रवाह नगरि हाम्फालिरहेको छन किसान बाली जोगाउन पानीको भङ्गालोहरुमा । भेलले किसानको धान मात्र बगाएन बरु बगायो बाँच्ने सपना पनि, थपिदियो टाउकोमा ऋण र बिचल्ली पारिदियो ।

यतिबेला बाढि पहिरोको बितण्डाले देश नै शोकमा छ । कृषी प्रधान देशमा किसानहरु ठुलो दुखमा छन् । किसानहरुको दुख देशको दुख हो भनेर बुझ्ने सरकार चाहिएको छ । बिगतका सरकारहरुले जस्तो यो सरकारले हेलिकप्टर शयर गरेर मात्र नफर्कियोस । किसानहरुमा परेको चोटको मलमपट्टी गरोस र भनोस धान बगायो त के भो ? तपाईहरुसँग सरकार छ जसले किसानको दुखमा साथ दिन्छ ।

आश्वासनको पोको मात्र बोकेर यो सरकार पनि हेलिकप्टर शयरमा निस्कियो भने सरकारलाई किसानका आँशुले पोल्नेछ ।

कमेन्टहरु
Loading...