पोखराको चार ठाँउमा बर्डफ्लु

पोखरा, ३ माघ/पोखराको चार ठाँउमा बर्ड फ््लु भेटिएको छ । पोखराको विरौटा, सेदी बगर, सिम्पानी र बाटुलेचौर चार ठाँउमा बर्ड फ्लु भेटिएको हो । क्षेत्रीय पशु सेवा निर्देशनालय पोखराले दिएको जानकारी अनुसार पोखराको बाटुलेचौरमा स्थानीय गोविन्द श्रेष्ठको घरमा पालिएको कुखुरा, पोखरा–१ सिम्पानीस्थित दिलबहादुर गुरुङले पालेको कु्खुरा फार्ममा, काउसेघारीस्थित शुभलक्ष्मी सहकारी संस्था तथा सराङकोट गाविसको सेदी बगरमा सोमबहादुर विकको फार्ममा पालिएको कुखुरामा बर्ड फ्लु देखिएको हो ।

जिल्ला पशु सेवा कार्यालयलाई माघ १ गते मात्रै कुखुरा मरेको जानकारी आएको थियो । जानकारी पश्चात क्षेत्रीय पशु निर्देशनालयले पशु सेवा विभागमा ल्याब परिक्षण गरेपछि बर्ड प्mलुको संक्रमण देखिएपछि बुधबार मात्रै स्थलगत रुपमा कुखुरा नियन्त्रण गरी नष्ट गरिएको क्षेत्रीय पशु निर्देशनालयका निर्देशक बंशिधर शर्माले जानकारी दिए ।

कमेन्टहरु
Loading...