सहमति नभए संविधानसभा पुनःस्थापनाको लागि आन्दोलन ः प्रवक्त सापकोटा

काठमाडौ, १ माघ । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले दलहरुवीच सहमति नभए संविधानसभाको पुनःस्थापनाको लागि आन्दोलनमा जाने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले सहमति नभई सरकारको नेतृत्व छाड्नु आत्मघाती हुने स्पष्ट पार्दै महाधिवेशनमा पेश गर्न तयार पारेको अध्यक्षको प्रतिवेदनको सार पनि त्यही भएको स्पष्ट पारे । क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा सापकोटाले नेपाली जनताको चाहना नै संविधानसभाको पुनःस्थापना भएको दावी गर्दै पार्टीले उठाउने सो एजेण्डामा नेपाली जनताको समर्थन रहने र पुनःस्थापना भई छाड्ने विश्वास समेत ब्यक्त गरे ।
बैशाखमा निर्वाचन हुने र अहिलेसम्म उपलब्धि संस्थागत हुने ग्यारेन्टी नभएसम्म कुनै पनि हालतमा अहिलेको सरकार नछाड्ने स्पष्ट पार्दै अहिलेको सरकार कायम रहिरहनुमा विपक्षीका जडता र निषेधको राजनीति प्रमुख कारक रहेको उनले तर्क गरे ।
विपक्षी दलहरु राष्ट्रपति गुहारेर मुलुकमा द्धन्द्ध निम्त्याउने षडयन्त्रमा रहेको आरोप लगाउँदै प्रवक्ता सापकोटाले राष्ट्रपतिलाई उकासेर गैरसम्बैधानिक कदम चाल्न लगाए राष्ट्रपति पनि खतरामा पर्ने चेतावनी दिए ।
पत्रकार डेकेन्द्र थापा प्रकरणमा उनले गल्ती गर्नेलाई सजाय हुनु पर्ने र उनीप्रति सहानुभुति भए पनि अहिले द्धन्द्धकालका घटनालाई उचालेर खेल खेल्ने षडयन्त्र भईरहेको भन्दै मातृभूमिसँग डलर साट्ने खोज्ने मानवअधिकारबादीहरुका कारण मुलुकको सार्वभौमसत्ता संकटमा परेको आरोप लगाए ।
द्धन्द्धकालमा भएका घटनालाई लिएर आफूलाई समेत मार्ने प्रयास भएकोमा समेत आफ्नो कसैसँग कुनै प्रकारको गुनासो नभएको भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भए पछि त्यसमा गएर आफू बयान दिन तयार रहेको स्पष्ट पारे ।
उनले भने–नेपाली काग्रेसले हानेको बम सम्मानित हुने अनि हामिले हानेको चाँही बेठिक हुने । अहिलेको घटना क्रम बुढी मरी भन्दा पनि काल पल्कियो भन्ने चिन्ता हो ।

कमेन्टहरु
Loading...