सेलवेजको नयाँ शाखा शान्तिनगरमा

पोखरा । सेलवेज डिपार्टमेन्टल स्टोर प्रा.लीले पोखरा शान्तिनगरमा नयाँ शाखा बिस्तार गरेको छ ।

करिब ८ करोडको लगानीमा संचालनमा आएको उक्त शाखाबाट कुनै पनि सामाग्री खरिदमा १० प्रतिशत छुटको व्यबस्था गरिएको छ ।

यस्तै फ्रि होम डेलिभरीको व्यबस्थासहित दैनिक खाद्यन्न बस्तुहरुमा विषेश छुटको व्यबस्था गरिएको प्रमुख व्यबस्थापक दयाल गिरीले जानकारी दिए ।

स्टोरको नयाँ शाखामा दैनिक उपभोग्य खाद्य बस्तु, सौन्दर्य सामाग्री , इलेक्ट्रनिक्टस र आधुनिक फर्निचरहरु उपलब्ध छन् ।

सन् १९९३ देखी पोखराबाट सुरु भएको सेलवेज अझ सेवा विस्तार गर्दै सन् २००४ मा काठमाडौंमा शाखा स्थापना गरेको थियो ।

सेलवेजको पोखरामा ६ औं शाखा हो भने काठमाडौंसहित २९ औं शाखा हो ।

सेलवेजले सन् २०१४ बाट सिस्टर कम्पनिको रुपमा सेल्सवेरी नामबाट पनि सेवा प्रवाह गर्दै आएको छ ।

कमेन्टहरु
Loading...