एमालेको पहिलो विधान सम्मेलन आजदेखी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम विधान महाधिवेशन आजदेखी सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने महाधिवेशन
६ हजार जना सहभागी हुनेछन् ।

कार्यक्रमको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ः१५ बजे गर्ने कार्यक्रम रहेको छ।

केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

तीनदिनसम्म चल्ने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

महाधिवेशन सम्पन्न गर्न पार्टी निकट अनेरास्ववियु, युवा सङ्घ नेपाल, जिफन्ट र खेलकुद महासङ्घबाट २ सय स्वयंसेवक खटिएका छन् । मास्क, सेनिटाइजरको प्रयोग र थर्मलगनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ।

विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या
१० केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु – १९६
२० केन्द्रीय आयोग तथा परिषद् – २१३
३० केन्द्रीय विभाग – ३१०
४० जनसंगठन – २२०
५० प्रदेश कमिटी – २२७१
६० उपत्यका विशेष कमिटी – १९८
७० सम्पर्क समन्वय कमिटी – ३६०
८० जिल्ला कमिटीका पदाधिकारी – ३६४
९० निर्वाचन क्षेत्रबाट – ४०७
१०० प्रवास क्षेत्र – १२६
११० स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु – ९३४
१२० एकता प्रक्रियाबाट समायोजन – ५३२
१३० केन्द्रीय कमिटीबाट मनोनीत – ५६६
जम्मा– ६३४७

कमेन्टहरु
Loading...