झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था गर्छु : मुख्यमन्त्री भट्ट

फाइल तस्विर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जीर्ण अवस्थामा रहेको महाकालीको झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था मिलाइने बताउने छन । आज दोधारा चाँदनी नगरपालिकामा भइरहेका विकास निर्माणको अवलोकन गर्न आइपुगेका मुख्यमन्त्री भट्टले झोलुङ्गे पुल मर्मतसम्भारका लागि छिट्टै बजेटको व्यवस्था मिलाइने बताए । सीमा क्षेत्रका जनताको जीवनस्तरलाई सहज बनाउनका लागि विकास निर्माणका काम अगाडि बढाइएको जानाकारी दिए ।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको अवलोकन गर्दै उनले पुल निर्माण निर्धारित समयमै पूरा गर्न ठेकेदारलाई निर्देशन दिए । मुख्यमन्त्री भट्टले पुल निर्माणमा आइपर्ने समस्या समाधान गर्नका लागि सहयोग गर्न तत्पर रहेको बताए। उनले पुल जोड्ने चारलेनको सडक गड्डाचौकीसम्म मात्रै निर्माण हुने भए पनि उक्त सडक चिसापानीसम्म विस्तारका लागि प्रदेश सरकारले पहल गर्ने बताए । रासस

 

कमेन्टहरु
Loading...