सामाजिक, आर्थिक र नैतिक शुद्धता नभएको मानिस एमाले हुन सक्दैनः नेता कृष्ण थापा

गन्थन संवाददाता । सामाजिक, आर्थिक र नैतिक शुद्धता नभएको मानिस एमाले हुन नसक्ने नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बताएका छन् । आज पोखरा ५ मा भएको युवा विद्यार्थी भेलालाई सम्वोधन गर्दै नेता थापाले एमाले हुन सामाजिक, आर्थिक र नैतिक शुद्धता हुनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

अवको चुनावमा युवाको नेतृत्व आउनुपर्ने समेत उनले औंल्याए ।

नेकपा एकीकृत समाजवादीलाई इङ्कीत गर्दै उनले पार्टी सदस्यबाट १ प्रतिशत मात्रै पार्टी छाडेर गएका बताए । साथै अध्यारो बाटो नलाग्न र बाटो विराएकाहरु सहि बाटोमा लाग्न पनि अनुरोध गरेका छन् ।

 

 

कमेन्टहरु
Loading...