बुबाको बाटो पछ्याउँदै मर्कुस, सार्वजनिक गरे ‘थाहा छैन’ (भिडियाे सहित)

पोखरा । गायक मर्कुश दासको नयाँ गीत ‘थाहा छैन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

कुशल पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियो शुक्रबार य़ुट्यूबमा सार्वजनिक भएको हो।

भिडियोमा हिलारी रावल र सुबिर भण्डारीको अभिनय रहेको छ। गायक दासले यसै भिडियो मार्फत म्युजिक भिडियो निर्देशनमा समेत डेब्यू गरेको छन्।

अष्ट्रेलियाको ब्रिसबेन शहरको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई प्रयुश मानन्धरले खिचेका हुन भने सुदीप विष्टले सम्पादन गरेका हुन्।

अध्ययनको शिलशिलामा हाल अष्ट्रेलियामा बस्दै आएका मर्कुश चर्चित गायक कर्ण दासका छोरा हुन्। पोखराबाट ‘मध्याह्न’ ब्यान्डका गायकका रुपमा उदाएका कर्ण दासले पछि आधुनिक गायनमा पनि विशिष्ट छाप छोडे। बुबाजस्तै मर्कुशको संगीत यात्रा पनि ब्यान्डबाटै सुरु भएको हो। उनी प्लस टुको पढाइपछि ‘प्रतिविम्ब’ ब्यान्डमा सक्रिय भए। पाँच सदस्य रहेको ब्यान्डले पोखराका कन्सर्ट र रेस्टुरेन्टहरुमा प्रस्तुति दिने गर्दथ्यो।

२५ वर्षीय मर्कुशले यसअधि ‘भेटियो भेटियो’, ‘जिन्दगी ओराली उकाली’ र ‘सुन माया’ जस्ता गीतहरु गाएका छन्।

कमेन्टहरु
Loading...