४४ लाख भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौं l सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको खोप लिन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल गएका थिए । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

कमेन्टहरु
Loading...