घामपानी सहकारीले सुरु गर्यो मोवाइल बैंकिङ्ग र क्यू आर कोड सेवा

चिप्लेढुङ्गामा रहेको घामपानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसर पारेर मोवाइल बैंकिङ्ग र क्यू आर कोड सेवा सुरु गरेको छ ।
सस्थाका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवाको विधिवत शुरुआत गरेका हुन । संस्थामा आयोजित सातौं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष विजुक्छेले “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने मूल नारालाइ आत्मसाथ गर्दै सदस्यहरुलाइ छिटो छरितो र सहज रुपमा वित्तिय सेवा प्रदान गर्ने उद्देश्यले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा सेवा शुभारम्भ गरीएको बताए ।
अध्यक्ष वजुक्छेले पछिल्लो समय सहकारी प्रबिधिमैत्री भएकोले सदस्यको सहकारीमा आर्कषण भएको भन्दै सहकारी नाफामुखी भन्दा पनि सेवामुखी हुनुपर्नेमा जोड दिए ।
सस्थाका प्रवन्धक रबिन्द्र तिवारीले संस्थाको मोबाइल बैंकिङ्ग एप्सबाट मोवाइल रिचार्ज गर्न, टि.भि.,इन्टरनेट, टेलिफोन, बिजुली, खानेपानीको बिल भुक्तानी गर्न, आन्तरिक जहाज टिकट बुकिङ्ग गर्न, चेक बुक माग गर्न तथा चेक रद्ध गर्न, खाताको विवरण प्राप्त गर्न, व्यालेन्सको जानकारी प्राप्त गर्न, कर्जाको किस्ता भुक्तानी गर्न, इ सेवा लोड तथा इ सेवा बाट खातामा रकमान्तर गर्न, फोन पे मार्फत भुक्तानी गर्न, सहकारी बाट बैंक खातामा रकमान्तर गर्न सकिने जानकारी दिंदैं संस्थाले सरल र सहज रुपमा सदस्यहरुलाई वित्तिय सेवा प्रदान गरिएको बताए । प्रवन्धक तिवारीले आगामि दिनमा प्रविधि र सदस्य सेवालाइ नैं प्राथमिकतामा राखि सदस्य सेवालाइ अझ विस्तार गरिने बताए ।
सहकारीका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निर्मल जोजिजू, सचिव बल बहादुर थापा, कोषाध्यक्ष किरण बराल, शेयर सदस्यहरु बुद्ध गुरुङ्ग, अर्जुन भारी र कृष्ण थापाले सहकारीले मुनाफा भन्दा पनि सदस्यको सेवामा काम गर्नुपर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...