चीनका ४ शहरबाट पाेखरा महानगरलाई स्वास्थ्य सामाग्री सहयोग (भिडियाे सहित)

राजु गिरी, पाेखरा । पोखरा महानगरपालिकालाई चीनसँग भगिनी सम्वन्ध रहेका ४ शहरले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बिहीबार एक कार्यक्रम बीच उक्त स्वास्थ्य सामाग्री नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

उपप्रमुख गुरुङले प्राप्त भएका सामाग्री आवश्यक रहेको स्वास्थ्य क्षेत्रमा वितरण गरिने बताइन् । साथै पोखरा महानगरप्रति चासो र बारम्बार आएको सहयोगले भगिनी सम्वन्धलाई अझ मजबुत बनाएको उनले बताइन् ।

त्यसै गरि नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले यसअघि पनि कोभिडको शुरुवाती अवस्थामा चीनका भगिनी सम्वन्ध रहेका शहरहरुबाट महानगरलाई स्वास्थ्य सामाग्री प्रदान भइसकेको जानकारी दिए । यसपाली आएको २ करोड बराबरको स्वास्थ्य सामाग्रीमध्ये २ थान भन्टिलेटर, १५ थान अक्सिजन कन्सन्ट्रेटर ,५० थान अक्सिजन सिलिन्डर, ३०० थान अक्सिमिटर, १६४ बक्स आरटि पिसिआर किट र ५०० थान पिपिइ सेट महानगरपालिकालाई प्रदान गरिएको पालिखेले बताए । साथै उनले अरु बाँकी रहेका सामाग्री जिपी कोइराला हस्पिटल, भेन्टीलेटर सोसाइटीलगाएत विभिन्न संस्थालाई प्रदान गरिने जानकारी दिए ।

त्यस्तै पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले महानगरको आवश्यकतालाई ध्यानमा दिएर सहयोग प्राप्त भएकोमा धन्यवाद ज्ञापन गरे । साथै उनले प्राप्त भएको सामाग्री आवश्यकता अनुसार उचित ठाउँमा वितरण गरिने बताए ।

पोखरा महानगरसँग भगिनी सम्वन्ध रहेका लिन्जि, कुनमिन्ङ, गुन्जाओ नगर र ग्रेस स्वायत्त क्षेत्र गरि चीनका ४ शहरहरुले महानगरलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

 

कमेन्टहरु
Loading...