युवा स्वरोजगार कोष कार्यकारी निर्देशकमा पोखराका विश्वमोहन अधिकारी

सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा  विश्वमोहन अधिकारीलाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कास्कीका अधिकारीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त जानकारी दिए ।

करिब १५ वर्ष विभिन्न बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव अधिकारीसंग छ ।

एबीए र बीडए गरेका अधिकारी पोखराको जनप्रिय क्याम्पसका प्राध्यापक पनि हुन् ।

कमेन्टहरु
Loading...