नेता तथा कार्यकर्ताद्वारा नै निषेधाज्ञाको अवज्ञा

पोखरा । कोभिड संक्रमणलाई रोकथामका लागि लगाइएको निषेधाज्ञाका अवज्ञा गर्दै आज पोखरामा नेकपा एमाले र जनता समाजवादी पार्टीले पोखरामा कार्यक्रम आयोजना गरेको छ ।

भिडभाड नगर्ने आदेश हुँदा हुँदै पनि नेकपा एमाले निकट नेपाल भूमिहिन सुकुम्वासी संगठन केन्द्रीय कमिटीको पूर्ण बैठक र जसपाले केन्द्रीय कार्यक्रम संगठन बिस्तार तथा सुदृढ अभियान अन्तर्गत गण्डकी प्रदेशमा प्रदेशका जिल्ला स्तरिय नेता कार्यकर्ता सहभागी गराई कास्की प्रशासनको आदेशलाई अवज्ञा गरेको हो ।

नेकपा एमाले तर्फ नेताहरु जगत विश्वकर्मा, कृष्ण थापा, राजिब पहारी, दामोदर बैरागी लगाएतका नेताहरुको उपस्थिति रहेको थियोभने जसपाको कार्यक्रममा जसपाका संघिय परिषद सदस्य डा. बाबुराम भट्टराईसहित जसपाका नेताहरु राजेन्द्र श्रेष्ठ, हिसिला यमी, हरिशरण आचार्य, गणेशमान गुरुङ र मोति रिजाल लगायतको सभागिता रहेको थियो ।

यसरी नेता तथा कार्यकर्ताहरुबाट नै पटक पटक निषेधाज्ञाको आदेशलाई लत्याएर भिडभाड गरि कार्यक्रम आयोजना गर्दा जनमानसबाट चर्को आलोचना भइरहेको छ ।

 

 

कमेन्टहरु
Loading...