कोभिडका कारण पोखरा र स्याङ्जाका ३/३ जनाको मृत्यु

गन्थन संवाददाता । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा २ सय ३० जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यस्तै संक्रमणबाट आज कास्कीको पोखरा महानगरका ३ र स्याङ्जाका ३ गरि गण्डकी प्रदेशमा ६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै कास्कीमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ५ सय १३ रहेको छ ।

त्यसैगरि अहिलेसम्म कास्कीमा ३२ हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि भैसकेको छभने ५ सय ५८ जनाको संक्रमणबाट ज्यान गइसकेको छ ।

स्वास्थ्य सुरक्षाको पूर्ण रुपमा पालना गर्न निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

 

कमेन्टहरु
Loading...