भावना सामुदायिक कृषि सहकारीको कार्य विस्तार

पोखरा–२९,पौष/सेवा भावनाले प्रेरित गर्ने मूल उद्देश्यले सराङ्गकोट–८ गोठादी कास्कीमा रहेको भावना सामुदायिक कृषि सहकारी सँस्था लिमिटेडले मूलतः कृषि हुदै शिक्षा तथा व्यापारमा लगानी गरी आफनो कामलाई अगाडि बढाएको छ ।

सराङ्गकोट गाविसका ९ वटै वडा कार्यक्षेत्र रहेको सँस्थामा ३२ वटा सामुदायिक सँस्थाहरु समन्वय गरी भावना सामुदायिक कृषि सहकारी सँस्था स्थापना भएको सहकारीका अध्यक्ष शिव प्रसाद कोइरालाले जानकारी दिए ।

सामुदायिक भावनाले प्रेरित यस गाविसका सबै सामुदायिक सँस्थालाई मिलाएर सहकारी मार्फत ग्रामिणस्तरीय कृषि अन्तर्गत–अर्गानिक तरकारी, पशुपालन, कुखुरापालन तथा शिक्षा र व्यापारमा लगानी गरेको अध्यक्ष कोइरालाको भनाई छ । ६ सय भन्दा बढी शेयर सदस्य रहेको सहकारीमा १७ लाख ५५ हजार शेयर पुँजी, निक्षेप ७० लाख तथा बचत ५२ लाख रहेको छ ।

कमेन्टहरु
Loading...