दुई चरणमा भएको थियो मणिपालसँग सरकारी सम्झौता

पोखरा । नेपाल सरकार र मणिपाल एजुकेशन बिचमा नेपाल सरकारले पटक पटक गरि दुईपटक सम्झौता भएको बुझिएको छ । तत्कालिन शिक्षा मन्त्री गोविन्दराज जोशिका अनुसार २०५० तिर मणिपालसँग सम्झौता भएको हो । त्यो सम्झौतामा सरकार पक्ष आफु माथी हुनेगरि सम्झौता भएको थियो । त्यसको दुईबर्ष पछि मोदनाथ प्रश्रीत शिक्षा मन्त्रीहुँदा मणिपाल अलि बलियो हुनेगरि सम्झौता गरिएको कारण तत्कालिन मन्त्री मोदनाथको चर्को आलोचना भएको थियो ।

पछिल्लो समय मणिपाललाई आनन्द राज बतास र नारायण पौडेलले किनेको भन्ने सम्झौता सरकारी कुनै पनि कार्यालयमा दर्ता नभएको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

मणिपाल र नेपाल सरकारबीच भएको सम्झौताको सूचना माग गरेका छौं र यथासक्य छिटो आम पाठकसमक्ष सम्झौताको वास्तविकता पुराउने प्रतिवद्धता व्यक्त गर्दछौं ।

कमेन्टहरु
Loading...