पोखरा । तं रोए झै गर म पिटे झै गर्छु भन्ने जस्तो देखिनेगरि पोखरा महानगरपालिका वडा नं १८ खपौंदी स्थित फेवाताल किनारमा पुनः संरचना निर्माण गरिएको छ । लामोसमय देखी पटक-पटक निर्माण गर्ने र महानगरले भत्काउने खेल चल्दै आएको छ ।
पछिल्लो पटक चार महिना अगाडी संरचना निर्माण गरिपछि महानगरपालिकाले डोजर चलाएको थियो ।
फेवाताल अतिक्रमण हुनेगरि कुनै पनि संरचना निर्माण गर्न नपाईने भन्दै महानगरपालिकाले हटाउने गरेपनि अटेर गर्दै संरचना निर्माण हुदै आएको छ ।
नागरिक समाजका अगुवा राम पौडेल फेवातालको पानी रहेको भुभागमा पर्खाल लगाउनु भनेको दण्डहिनताको पराकाष्ठा भएको बताउँछन् ।
फेवाताल ताल संरक्षणको मुख्य भुमिका पोखरा महानगरको रहेको अवस्थामा अतिक्रमणकारी विरुद्ध महानगरले कडा रुपमा प्रस्तुत नहुनु महानगरको निरिहता रहेको उनको भनाई छ ।
फेवाताल किनारमा यसअघिको भन्दा एक तह बढाउँदै पर्खाल निर्माण गरिएको छ ।
पोखरा महानगरका प्रवक्ता धनवहादुर नेपालीले यसअघि निर्माण गरिएको संरचना भत्काएर , सबै सामाग्री महानगरले ल्याएपछि निर्माणकर्ताले अवदेखी संरचना निर्माण नगर्ने भनेर सम्झौता समेत गरेको बताए ।
‘हामी जहाँ अतिक्रमण भयो भनेर भत्कायौं ति ठाउँहरुमा फेरि लुकिचोरी त्यस्ता काम भएको छ भने भत्काउने दायित्व हाम्रो हो, त्यो भत्काउँछौं ,उनले भने ।
नबनाउने र बनाउन नपाईने भनेर तोकिएका स्थानमा लुकिचोरी अवैध तरिकाले संरचना निर्माण गर्ने अधिकार नभएकाले महानगरले फेरि पनि एक्सन लिने उनले बताए ।
‘अहिले फेरि कसैले जोरी खोज्ने र नगरपालिकालाई कमजोर आँक्ने हिसावले कसैले घमण्ड गर्नुभएको छ भने त्यो उहाँले नोक्सानि पर्छ कारबाही हुन्छ’, उनले भने ।
उनले तत्कालै बास्तविकता बुझेर एक्सनमा जाने बताए ।
भिडिओ हेर्नुस् :