जन्म दिनमा खाद्यन्न सहयोग

पोखरा, २९ पुस/तनहुँ निवासी सुगम महतले आफ्नो १४ औं जन्मोत्सवको अवसरमा पोखरा–१७ घारीपाटन, रातो पहिरोमा रहेको अन्धा अपाङ्ग असाह्य आश्रमलाई तीन हजार बराबरको खाद्यन्न सहयोग गरेर जन्मदिन मनाएका छन् । विभिन्न पत्रपत्रिकामा वृद्धाश्रमलाई धेरै व्यक्तिले सहयोग गरेको समाचार पढेर
प्रभावित भएका महतले आफ्नो जन्मोत्सवमा वृद्धाश्रमलाई नै सहयोग गर्ने योजना बनाएका थिए ।

सहयोग हस्तान्तरण गर्दै महतले धेरै व्यक्तिले वृद्धाश्रमलाई सहयोग गरेको समाचार पढेकाले आँफूलाई पनि त्यस्तै सहयोग गर्न मन लागेको बताए । कार्यक्रममा सहभागी सुगमका पिता परशुराम महतले
आफ्नो छोराको सोचाइले आँफूलाई खुशी तुल्याएको बताए ।

पोखराको नयाँबजारमा तनहुँ अफ्सेट प्रेस संचालन गर्दै आएका परशुराम महतले छोरा सुगमले वृद्धाश्रममा सहयोग गर्ने ईच्छा जाहेर गरेको तर आँफूले असहाय आश्रमको विजोग देखेकाले आश्रममा सहयोग गरेको बताए ।

कमेन्टहरु
Loading...