पोखरा । प्रदेश नं १ को मुख्यमन्त्री भीम आचार्य बन्ने भएका छन् ।
केहीबेरमा बस्ने नेकपा एमालेको संसदीय दलको बैठकबाट आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी रहेको छ । आचार्य संसदीय दलको नेता बने लगत्तै मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिने र आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्नेछन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यको जन्मदिनको अवसरमा बधाई दिन काठमाडौं पुगेका मुख्यमन्त्री राई बिहानै फर्किएका छन् ।
मुख्यमन्त्री नियुक्त भइसकेपछि आचार्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।