पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट १० हजार ५ सय ९ जनाको ज्यान गइसकेको छ ।
त्यसैगरि हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ५१ जना रहेका छन् ।
स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्न र सजग रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।