पोखरामा मृगौला पिडित भन्दै ठगी गर्ने गिरोह पक्राउ

पोखरा । मृगौला पिडितको नाममा ठगि गरेको भन्दै कास्की प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ । धरान सुनसरीमा केन्द्रीय कार्यलय बनाई युनिक स्वयं सेवक नामक संस्थाबाट अनावश्यक चन्दा उठाएको भन्दै प्रहरीले उक्त गिरोहलाई पक्राउ गरेको हो ।

उक्त संस्थाको अध्यक्ष झापाको विर्तामोड नगरपालिका वडा नं ९ कि ३४ बर्षिया एलिजा बस्नेत, संस्थाका सदस्य हल्दिबारी वडा नं १ का ४४ बर्षिय धन ब सुन्चौरी तथा बिर्तामोड नगरपालिका वडा नं १ बस्ने ३२ बर्षिय टेक ब बस्नेतलाई भाद्र ३ गते पोखरा २६ विजयपुर स्थीत न्यु हाईवे स्टाफ होटल एण्ड लजबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पाल्पा जिल्ला साविकको झडेवा गाविस वडा नं ५ हाल माथगडी गा पा वडा नंं. ४ बस्ने ३४ बर्षिय चुडा बहादुर रुचालको नाममा पोखराका विभिन्न ठाउँमा चन्दा सङ्कलन गरेको सूचनाको आधारमा उनीहरुलाई प्रकाउ गरिएको हो । सोही संस्थाको नाममा उनीहरुले यस अघी पनी विभिन्न १२ जना विरामीको नाममा चितवन, दैलेख, सुनसरी रुपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङ्जा लगाएतका नौ जिल्लामा बिना अनुमति दैनिक भाडामा १० ओटा अटो लिई देशका मुख्य शहरहरुमा चन्दा सन्चालन गरेको प्रहरीले जनाएको छ ।

साथै नीज बसेका होटलमा खानतलासी गर्दा कोठाबाट चन्दा उठाउन प्रयोग भएका रसिद , पर्चाको साथमा ४ लाख ६ हजार ४ सय ६ रुपैँया बरामद गरेको छ । पक्राउ गरिएका तिनै जनालाई चन्दा ऐन् २०३० अन्तर्गत कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुशन्धान प्रक्रिया अगाडि बढाएको कास्की जिल्ला प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...