पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विभाजित भएको छ । एमाले नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वको नयाँ दल बनाउने निर्णय गरेसँगै एमाले विभाजन तर्फ गएको हो ।
नेता नेपालले ‘नेकपा एमाले समाजवादी’ नामको नयाँ दल बनाउने निर्णय गरेका थिए । पार्टी विभाजनमा साथ नदिने भन्दै दोश्रो तहका नेताहरुले नेपाललाई साथ नदिने बताएका हुन् । नेपाल पक्षबाटै पार्टी विभाजनमा साथ नदिनेमा भिम रावल, युवराज ज्ञावाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, गोकर्ण विष्ट, योगश भट्टराई, भिम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहरा रहेका छन् । नेपाललाई साथ दिने वेदुराम भुषाल र मुकुन्द न्यौपाने रहेका छन् ।
आजै संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् । सो अध्यादेश जारी भएलगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेको छ ।
एक केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।