राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज जारी गरेका प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डरीले उक्त अध्यादेश जारी गरिएको उल्लेख छ ।

कमेन्टहरु
Loading...