५ सय सहकारीकर्मीले लगाए कोरोना विरुद्धको खोप

पोखरा । कास्कीभित्र रहेका सहकारीमा कार्यरत ५ सय कर्मचारीले कोरोना विरुद्धको खोप मंगलबार लगाएका छन् ।

जिल्ला सहकारी संघ लिमिटेड कास्की, पोखरा महानगर सहकारी समिती , महानगर सहकारी संघ , को-अपरेटिभ म्यानेजर्स क्लब र कास्की बचत तथा ॠण सहकारी संघको समन्वय र पहलमा ५ सय जना कर्मचारीलाई जनप्रिय माबि सिमचौर खोप केन्द्रमा खोप लगाइएको हो ।

जिल्ला प्रशासन कार्यलय कास्कीका प्रमुख थानेश्वर गौतमले जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालालाई खोप हस्तान्तरण गरेका थिए ।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारीकर्मीहरुलाई खोप उपलब्ध गराएको सरकारलाई धन्यवाद दिएका दिइन्।

खोप कार्यक्रम को-अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष डम्बर बस्नेतले खोप लगाई सुरुवात गरिएको थियो ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले खोप कार्यक्रमको अनुगमन समेत गरेका थिए ।

उनले प्रदेश सरकारले सबै नागरिकहरुलाई खोपको प्रवन्ध गर्ने बताए ।

कमेन्टहरु
Loading...