एमालेको कारबाही: माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न पत्र

नेकपा एमालेले माधव नेपाल सहित १४ जनालाई कारबाही गरेको छ ।

वरिष्ठ नेता नेपाल सहित जीवनराम श्रेष्ठ,मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का,लक्ष्मीकुमारी चौधरी,निरादेवी जैरु,पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन,भवानी खापुङ र मेटमणी चौधरीलाई कारबाही गरेको हो ।

सांसदहरुलाई गरिएको कारबाही बारे निर्वाचन आयोगलाई जानकारी समेत गराईसकेको छ । भने सांसदबाट पदमुक्तका गराउनका लागि संसद सचिवालयलाई सूचना समेत दिइएको छ ।

कमेन्टहरु
Loading...