मध्यरातमा पार्टी एकता विरुद्ध दृढता पूर्वक उभिन एमाले अध्यक्ष ओलीको अपिल

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गरेका छन् ।

सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गरेका हुन् ।

उनले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ, “एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना मान्य हुन सक्तैन ।”

उनले विसं २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एकताबद्ध राख्न हामीले हरसम्भव कोसिस गरेको उल्लेख गर्दै त्यो सम्भव नभएपछि एमालेलाई नेकपाको विरासतसहितको एकीकृत पार्टीका रूपमा विकास गर्न केन्द्रित भएको बताएका छन् ।

एमालेलाई एकीकृत गर्ने क्रममा पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि कार्यदल गठन गरिएको र कार्यदलले निकै लामो प्रयासपछि गत असार २७ गते १० बुँदे प्रस्ताव प्रस्तुत गरेको र उक्त प्रस्तावलाई ग्रहण र अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरिसकेको उल्लेख गरेका छन् ।

उनले क्रान्तिकारी र अग्रगामी सारतत्वका साथ राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको हाम्रो पार्टीको भूमिका यतिबेला सत्तापक्षबाट प्रतिपक्षमा परिवर्तित भएको उल्लेख गर्दै यस धक्काबाट उठेर पार्टीलाई पुनः राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित गर्न नेता, कार्यकर्तालाई अनुशासित र सक्रिय भूमिका निर्वाह गर्नुहुन अपिलसमेत गरेका छन्।

कमेन्टहरु
Loading...