दारी ग्याङ पोखराले गरेको रक्तदानमा १०० युनिट रगत संकलन

गन्थन संवाददाता । ‘आज अरुका लागि, भोली आफ्नै लागि’ भन्ने नाराका साथ दारी ग्याङ पोखराले आज साउन महिनाको अन्तिम दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । केदारेश्वर मन्दिर परिसरमा गरिएको कार्यक्रमबाट १ सय युनिट रगत संकलन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा दारी ग्याङ पोखराका संस्थापक अध्यक्ष शेखर गौतमले धेरै युनिट रगत संकलनमा दारी ग्याङ अग्रपंतिमा रहेको बताए । निरन्तर सामाजिक कार्यमा सक्रिय भएकोमा समूहलाई उनले धन्यवाद समेत व्यक्त गरे ।

त्यस्तै दारी ग्याङ पोखराका अध्यक्ष अभिमन्यु पाण्डे (बिक्रम) ले वार्षिक क्यालेण्डर अन्तरगतकै कार्यक्रम रहेको र पूर्ण स्वास्थ्य मापदण्ड अपनाउदै सामाजिक दुरी कायम गरि भव्यरुपमा सम्पन्न गरिएको बताए । पोखरामा रगत अभावलाई परिपुत्र्ति गर्न समेत यो कार्यक्रम आयोजना गरिएको उनको भनाई थियो ।

दारी ग्याङमा रहि सामाजिक कार्यमा सक्रिय रहने सदस्यहरुलाई परिचय पत्र वितरणका लागि आज उदघाटन समेत गरिएको छ । अध्यक्ष पाण्डेका अनुुसार परिचय पत्र वितरण कार्य गरिदै जानेछ । उनले भने, ‘रगतको अभाव भएकाले सामाजिक उत्तरदायित्व अनुसार हामीले सामाजिक दुरी कायम गरि रक्तदान कार्यक्रम आयोजना गरेका हौं । उल्लेख्य सहभागिता भयो, सबैप्रति आभार व्यक्त गर्दछु ।

उक्त कार्यक्रमकाे सञ्चालन सुबास आचार्यले गरेका थिए ।

कमेन्टहरु
Loading...