महिलालाई सहयोग गर्न पुरुष तत्पर

पोखरा–महिला पुरुष एक रथका दुई पाग्रा भएको कारण उनीहरु मिलेर जानुपर्ने महिला पनि सक्षम हुनको लागि आमा समुहको निर्माण भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले महिलाका काममा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । समाजको विकास गर्न र समुदायको दुखमा काम गर्नको लागि २०५३ सालमा स्थापना भएको ढुङ्गा सा“घु आमा समुहको सातौ साधरण सभामा बोल्दै पोखरा १५ तल्लो सिमलबोटको टोलसुधार समितीका पुर्व अध्यक्ष ललित बहादुर भण्डारीले बताए ।

उहा“ले भन्नुभयो ‘हामीले महिला र पुरुष विकासमा स“गै हुनु पर्छ भनेर यस्को स्थापना गरेका हौ ।’
तल्लो सिमलबोटमा रहेको समुहको आफ्नै भवनमा बोल्दै टोल विकास संस्थाका अध्यक्ष भक्तबहादुर केसीले महिला अव भौतिक निर्माणका काममा मात्र नभई तालिम र व्यक्तित्व विकासका लागि समेत काम गर्न पर्ने बताए । पुरुषले पनि यस कार्यमा महिलालाई सहयोग गर्न पर्ने बताउ“दै उहा“ले भन्नुभयो ‘समाजको लागि महिलाले धेरै गरेका छन् अव उनीहरुको काम परिवर्तन हुनुपर्छ ।’ यसो भएमा पुरै समाजको लागि राम्रो हुनेमा सवैको जोड थियो ।

महिलाहरु अगाडि आउन र नेतृत्व लिन जान्ने र पढेको छैन भनि पछि नहट्न समाजसेवी सोभितबहादुर थापाले सुझाव दिए । कोहि पजि जन्मदै सिकेर नआउने कारण आफु पनि सिक्न र अरुलाई समेत सिकाउ“न कार्यक्रमका वक्ताले जोड दिए । सञ्चारीका समुह पश्मिाञ्चलकी अध्यक्ष वसन्ती बास्तोला प्रमुख अतिथि रहेको उक्त साधरण सभामा समाजसेवि रामबहादुर बस्नेत, हितबहादुर भण्डारी, बलराम भण्डारी, भरतबहादुर थापा र समुहका पुर्व अध्यक्ष जानुका कार्की, अम्विका भुजेल, लक्ष्मि कोइराला लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममा समुहको भवनको लागि आर्थिक तथा सामान दिएर सहयोग गर्ने प्रदिप गुरुङ, भरतबहादुर थापा, बलराम भण्डारीलाई सम्मान गरीएको थियो । समुहकी अध्यक्ष पम्फा केसीको अध्यक्षतामा संपन्न उक्त कार्यक्रममा सचिव वविता केसीले उदघोषण गरेकी थिइन भने स्वागत मनतव्य शोभा देव र आर्थिक प्रतिवेदन कोषध्यक्ष सरिता केसीले प्रस्तुत गरेकी थिइन् ।

कमेन्टहरु
Loading...