मन्त्री थापाले सरकारी आवास सुविधा नलिने, भेटघाटका लागि निजी निवासकै प्रयोग

गन्थन संवाददाता । गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले सरकारी आवास सुविधा नलिने घोषणा गरेसँगै कार्यालय समय बाहेकका भेटघाटलाई निजी निवासनै प्रयोग गर्ने भएका छन् ।

मन्त्रीहरूका लागी आवास निर्माणकै क्रममा रहेको र व्यवस्थापनमा समेत कठिनाई भैरहेको कुरालाई मध्यनजर गर्दै मन्त्रीका रूपमा सरकारबाट प्राप्त हुने आवास सुबिधा नलिने निर्णय यस अघिनै थापाले गरिसकेको थिए ।

आज थापाले आफ्नो निजी निवासमा विधिवतरुपमा झण्डापुजन कार्य गरि सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । सञ्जालमा उनले लेखेका छन् –‘ आम शुभेच्छुक र पार्टिपंक्तिकै साथिहरूले समेत कार्यालय समय बाहेक कहाँ भेट्ने, मन्त्री निवास कहाँ हो भन्ने दुबिधा देखिएकाले मेरो सरकारी निवास सुबिधा नलिने भन्ने निर्णय मुताबिक यहाँहरूले कार्यालय समय बाहेक मेरै निजी निवासमा समेत सल्लाह, सुझाव र सुभेक्छ्याका लागी हाम्रो भेटघाट हुन सक्नेछ । यसै क्रममा निवासमा झण्डा राख्ने कार्यक्रम सँगै राजनैतिक, साँस्कृतिक र धार्मिक रूपले राष्ट्रिय अखण्डता र सार्वभौमिकताको प्रतिक नेपालको झण्डाको बिधिवत झण्डापुजन समेत सम्पन्न भएको छ । ’

कमेन्टहरु
Loading...