भलिवलमा ज्ञानुबाबा फाइनलमा

पोखरा, २७ पौष/पोखरामा जारी नोङसिम शिन राम्योन अन्तराष्ट्रिय आमन्त्रित महिला भलिवल प्रतियोगिताको पोखराको ज्ञानुबाबा फाइनलमा प्रबेश गरेको छ । डिफेण्डीङ च्याम्पीयन पोखराको ज्ञानुबाबा आवासिय उच्च माविले न्यु डाईमण्ड एकेडेमी काठमाण्डौलाई ३–० को सोझो सेटमा पराजीत गरि फाइनलमा प्रबेश गरेको हो । ज्ञानुबाबाले न्यु डाईमण्डलाई २५–२१, २५–२३, २५–२२ को सेटमा पराजीत ग¥यो । प्रतियोगितामा न्यु डाईमण्डकी सलिना श्रेष्ठ वुम्यान अफ दि म्याच घोषित भईन् ।

त्यसै गरि अर्को सेमिफाइनल खेल फाइनल प्रबेशका लागी दुई विभागीय टोली बिच प्रतिष्पर्धा भैरहेको छ । अहिले सम्म एपिएफ क्लब र नेपाल पुलीस क्बलले दुई दुई सेट जितेका छन् । एपिएफले नेपाल पुलिसलाई २५–२२, २०–२५, २५–२० र १७–२५ को सेटमा एकले अर्को टोलीलाई पराजित गरेका छन् ।

कमेन्टहरु
Loading...