अनेरास्ववियुको कास्की कमिटीले पायो पूर्णता, अखिल फोर्स विभागको गठन

गन्थन संवाददाता । अनेरास्ववियुको कास्की जिल्ला कमिटीले पूर्णता पाएको छ । कमिटी अध्यक्ष बज्रराज अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न व्यक्तिलाई जिम्मेवारी दिँदै पूर्णता दिएको हो ।

जसको उपाध्यक्षमा दिपक आचार्य, पुजा दवाडी, शुष्मा श्रेष्ठ, सचिवमा सन्तोष बराल सहसचिवहरुमा ईशु श्रेष्ठ, शंकर लामिछाने, प्रताप शाह, सविन बराल, सुनिल ढकाल, मन्जिला नेपाली, रवि तिमिल्सिना, कोषाध्यक्षमा सागर खनाल चयन भएका छन् । त्यस्तै सचिवालय सदस्यमा विजिता थापा, अपेक्षा रानाभाट, ज्योति रानाभाट, निराजन खड्का, सागर पराजुली, सृष्टी पौडेल, सुमन सुवेदी, समिर पौडेल, शहनशिल बराल, प्रवेश ज्यू ठकुरी, होम तामाङ, लक्ष्मण बहादुर राना, नविन रसाइली, नन्दिता सुनार रहेका छन् ।

त्यसैगरि सोही बैठकले प्रवेश ज्यू ठकुरीको अध्यक्षतामा अखिल फोर्स विभाग समेत गठन गरेको छ । जसको उपाध्यक्षमा सकिल हमाल, सचिवमा होम तामाङ, कोषाध्यक्षमा सुदिप मगर, सहसचिवमा सुमन पुन र राजन केसी चयन भएका छन् ।

विद्यार्थीहरूको हक, हितको निम्ति र शैक्षिक क्षेत्रको विकृती र विसङ्गगतिको प्रतिकार गर्ने संगठनको रुपमा अगाडी बढाउदै लैजाने प्रतिवद्धता दुवै कमिटीले गरेको छ । साथै ७७ वटै जिल्लामा नयाँ कमिटी गठन गरिने बैठकमा जानकारी दिइएको छ ।

विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोपको माग गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकमा संगठन शक्ति भएको र पुनः कम्युनिस्ट आन्दोलनलाई पहिलेकै उचाईमा पुराउने विद्यार्थी नेता सन्तोष न्यौपानेले बताए ।

कार्यक्रममा स्थायी कमिटी सदस्य कमरेड संकर शैजु प्रमुख अतिथी रहेको कार्यक्रममा सचिवालय सदस्यहरु रसिका भन्डारी, विकास रेग्मी, दिनेश ढुंगाना, स्विकार पोख्रेल, दुर्गानाथ लामिछाने, सुर्यदेब लामिछाने, सनम पुन, विकास रेग्मी, युवा संघ पर्वतका अध्यक्ष विराज हमाल, इन्चार्ज कमरेड सुवास चन्द्र रोका, युवा संघ केन्द्रिय सदस्य प्रकाश तिमेल्सिना, छिरिङ गुरुङ, सचिवालय सदस्य कुसल बराल , केन्द्रिय सदस्य आविस्कार केसि, सचिन लुइँटेललगाएतको उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...