मिडिया मुलत प्रतिपक्षी हुन्छ । हामी त्यो मान्यतालाई आत्मसाथ गर्छौं । हामी बिनाकारण कसैलाई उचाल्ने वा पछार्ने खेलको पछि लाग्दैनौं । त्यो पत्रकारिताको धर्मभित्र पनि पर्दैन । समाजमा थुप्रै बेथिति छ । त्यसको खबरदारी हाम्रो दायित्व हो । हामीले यो बिचमा निरन्तर खबरदारी गर्यौ । यो कामले अझै निरन्तरता पाउनेछ ।
हामीलाई यो एक बर्षसम्म आलोचना गर्ने, सुझाव दिने र, सहयोग गर्ने सम्पूर्ण पाठकहरुप्रति बिशेष आभार ब्यक्त गर्दछौं । हामीलाई बिश्वास गरेर बिज्ञापन दिने बिज्ञापनदाताहरुलाई बिशेष धन्यवाद छ ।
आगामी दिनमा पनि हामी आवाजबिहिनहरुको आवाज निरन्तर बोल्दै जानेछौं । जनताको सिधा पहुँच नपुग्ने सत्तालाई निरन्तर प्रश्न गर्ने छौं । आगामी दिनमा पनि तपाईंहरुको साथ सहयोग र आलोचनाको अपेक्षा गर्दछौं ।
गन्थन डटकमको खवर यात्रा निरन्तर छ ।