आज देशभर धेरै स्थानहरुमा वर्षा हुने सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश नं १ तथा बागमती प्रदेशका एक,दुई स्थान र गण्डकी, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षाको संभावना रहेको जनाएको छ ।

यस्तै पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध महाशाखाले गरेको छ ।

मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको महाशाखाले जानकारी दिएको छ ।

यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।

कमेन्टहरु
Loading...