पछिल्लो २४ घण्टामा थप २३९१ जना संक्रमित, २५ जनाको मृत्यु

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ८ जना रहेका छन् ।

कमेन्टहरु
Loading...