मुख्यमन्त्री ज्यू खादा माला लगाएर सकियो ?

सौगात पोखरेल । प्रतिपक्षमा बसेर हिजोको समयमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई जसरी कृष्णचन्द्र पोखरेल नेपालीले प्रश्न गरेका थिए । आज त्यो भन्दा बढि बेथितिमा पोखरेल नेतृत्वको सरकारले करिब डेढ महिना बितिसक्दा खादा माला लाउने बाहेकका अन्य केहि उपलब्धी गर्न सकेन । पोखरेल नेतृत्वको सरकारले न संघियतालाई बलियो बनाउन सक्यो नत दलिय सहमतिलाई जोगाइराख्न सक्यो । सदनमा समाबेशिताको वकालत गरेर नथाक्ने पोखरेलले सरकार बिस्तार प्रकृयामाता समाबेशिताको त हुर्मत नै लियो । भाले मन्त्रीमण्डलको गठन गरेर , दलितमाथी हम्बर हान्दै सफलताको गीत गाइरहेको पोखरेल सरकारलाई जनगुनासो सुन्ने फुर्सद छैन कारण मुख्यमन्त्री कार्यालयमा यतिबेला खादामाला उत्सव चलिरहेको छ ।

बाढि पहिरोले घरबिहिन भएकाहरुलाई मलम लगाउन नसक्नु ,आर्थिक बर्षको अन्तमा १६ करोड रकमान्तर गरेर दुई करोड पनि खर्च गर्न नसक्ने पोखरेल नेतृत्वको सरकार मन्त्रालय बिस्तारसम्म पुग्दा पुरापुर नाङ्गिएको छ । प्रजातन्त्र सेनानी गोवर्धन पोखरेल पुत्र नेतृत्वको सरकार बनेपछि आम जनमानसमा एउटा खालको आशा पलाएको थियो तर त्यसो सम्बोधन हुन नसक्दा जुन जोगि आए पनि कान चिरेको भन्ने उखान चरितार्थ भएको छ ।

सत्ताको लागि जस्तो पनि सम्झौता गर्न तयार हुने र सहमती तोड्न पनि तयार हुने र राजनीतिलाई फोहोर खेल नै बनाई राख्न पोखरेल नेतृत्वको सरकारले ठुलो योगदान गरेको छ । फोहोर राजनीतिको निरन्तरताका लागि पोखरेल नेतृत्वको सरकार कम्मर कसेर लागेको देखिन्छ ।

आम जनतालाई प्रश्न गर्न आव्हान गर्ने तर प्रश्नहरुसंग भाग्ने मुख्यमन्त्रीलाई सत्ता फोबियाले ग्रसित बनाएको देखिन्छ । सरकार बनेदेखि हामीले जनताका प्रश्नहरु राख्नका लागि मुख्यमन्त्रीसंग राख्ने ठुलो प्रयत्न गर्यौ तर त्यो सम्भव हुन सकेन । बरु यो वा त्यो बाहनामा हामीसंग भाग्ने प्रयत्न भइ नै रह्यो । भेटेर प्रश्न समय नमिले पनि सुचना र प्रबिधीको युगमा हामीले यहि प्लेटफर्म मार्फत केहि प्रश्नहरु गरिरहेका छौं । तपाईलाई पढ्ने फुर्सद नभए पनि तपाईको घेराका मान्छेहरुले पढेर सुनाउलान भन्ने अपेक्षा छ ।

करिब सदनमा उभिएर तपाईंले गुरुङ सरकारलाई सोधेका प्रश्नहरुको जबाफ दिनुपर्ने जिम्मा तपाईंको काँधमा आएको छ । तपाईंकै प्रश्नहरु तपाईंलाई सोध्न मन लागेको छ । अहिले पिसिआर परिक्षण कति छ ? किन परिक्षणको दायरा नबढेको ? संक्रमण दर किन घटेन ? अक्सिजन प्लान्ट किन अझै स्थापना हुन सकेन ? प्रदेशका जनताले कहिले खोप पाउँछन् ? प्राकृतिक प्रकोपबाट घरबारबिहिन बनेकाहरुले नाना, छाना र खानाको ब्यबस्था कहिले हुन्छ ? राजनीतिलाई सधै फोहोर बनाईराख्नको लागि हो वा अन्य कुनै बाध्यताले सत्ता साझेदार दलहरसंग सहमति गर्ने र तोड्ने काम गर्नुभयो ?

कमेन्टहरु
Loading...