रोयल सहकारीले ८.९९ प्रतिशतमा ऋण दिने

पोखरा । पोखरा रोयल सरकारीले सस्तो ब्याजदरमा ऋण दिने भएको छ । कोभिड प्रभावितलाई लक्षित गरि सहकारीले ८.९९ प्रतिशतमा ऋण उपलब्ध गराउने भएको हो ।
सहकारीले आर्थिक वर्ष २०७८÷०७९ को शुरुवात संगै नयाँ ऋणको प्रडक्ट शुरु गरेको छ । महामारीको मारमा परेका सदस्यहरुको व्यवसाय पुनरुद्धार गर्नका लागि सहकारीले मात्र ८.९९ प्रतिशत ब्याजदरमा व्यवसाय निरन्तरता ऋण प्रवाह गर्न लागेको हो ।

सहकार्यबाट समृद्धिः महमारीमा नयाँ कामको शुरुवात गरौं, भन्ने उदघोषका साथ सहकारीले २०७८ श्रावण १ गतेबाट नै सदस्यहरुलाई ऋण सुविधा लिन आव्हान गरेको छ । तत्कालको लागि उक्त शीर्षक अन्र्तगत ऋण प्रवाह गर्न संस्थाले ३० करोडको वित्तीय स्रोतको व्यवस्थापन गरिएको र व्यवसाय निरन्तरता ऋण अन्र्तगत एक जना सदस्यले बढीमा १ करोड ५० लाख सम्म ऋण लिन सकिने, मासिक रुपमा ब्याज मात्र बुझाए हुने साथै एक वर्षसम्म ब्याजमा परिवर्तन नहुने व्यवस्था गरिएको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।

गतवर्ष पनि संस्थाले कोभिड प्रभावित ऋणी सदस्यहरुलाई लक्षित गरि ९.९९ प्रतिशत ब्याजदरमा कोभिड केयर ऋण उपलब्ध गराएको थियो जसको व्याजदर यस आर्थिक वर्षमा ८.८८ प्रतिशत कायम गरिएको छ । कोभिड केयर ऋण बाट गत वर्ष सदस्यहरुले ठूलो राहत महसुस गरेका थिए । अहिले पनि सदस्यहरु महमारीको प्रत्यक्ष मारमा परिरहेको, व्यवसायहरु अझै पूर्ण रुपमा सञ्चालन हुन नसकेको र नयाँ व्यवसाय सञ्चालन गर्न समेत स्रोत र साधनको अभाव भएको विषयलाई महसुुस गर्दै सहकारीले सस्तो ब्याजदरमा ऋण सेवा प्रवाह गर्न लागेको हो ।

सहकारी सदस्यहरुको संस्था हो, सदस्यहरुलाई समस्या पर्दा संस्थाले कुनै न कुनै माध्यमबाट वित्तीय समाधान दिन सक्नुपर्छ, त्यसैले अहिले संस्थामा रहेको अधिक तरलतालाई व्यवस्थापन गर्दै वित्तीय बजारको प्रतिस्पर्धी ब्याजदरमा सदस्यहरुलाई सर्वसुलभ रुपमा ऋण प्रवाह गर्न लागेको हो । गत वर्ष पनि सदस्यहरुलाई बाँच र बचाँउको नीति अंगिकार गरि नीति तथा कार्यक्रम तय गरेको थियो भने यस वर्ष पनि सोही नीतिलाई अवलम्वन गरि नीति तथा कार्यक्रमहरु तय गरिएको छ । प्रधान कार्यालय बुद्धचोक सहित ४ वटा कार्यालय बाट आफ्नो कारोवार सञ्चालन गरेको संस्थाको हाल ७३४६ सदस्य, शेयर पुँजि २० करोड, जगेडा कोष १३ करोड र सत प्रतिशत ऋण जोखिम व्यवस्थापन गरि २ अर्वको वासलात रहेको छ ।

कमेन्टहरु
Loading...