जल तथा मौषम बिज्ञान सम्बन्धि क्षेत्रिय गोष्ठी पोखरामा

पोखरा २४ माघ । जल तथा मौषम बिज्ञान सम्बन्धि क्षेत्रिय कार्यशाला गोष्ठी आज पोखरामा सम्पन्न भएको छ । जल तथा मौषम बिज्ञान बिभागद्धारा आयोजित गोष्ठीमा सहभागिले नेपालको मौषम पूर्बानुमान प्रणाली प्रभाकारी नभएको गुनासो गरेका थिए । गोष्ठीमा जलबायु र मौषम संग सरोकार राख्ने कृषी, स्वास्थ्य, हवाई क्षेत्रको साथै प्रकोप ब्यबस्थापनमा कार्यरत संस्थाका प्रतिनिधि, मौषम बिदहरुको सहभागिता थियो । त्यस्तै जल तथा मौषम बिज्ञान बिभाग अन्तर्गत पश्चिमाञ्चलका बिभिन्न जिल्लामा कार्यरत कर्मचारीहरुको पनि सहभागिता थियो ।

जल तथा मौषम बिज्ञान सम्बन्धि क्षेत्रिय गोष्ठी पोखरा
जल तथा मौषम बिज्ञान सम्बन्धि क्षेत्रिय गोष्ठी पोखरा

मौषम पूर्बानुमानलाई प्रभाबकारी बनाउन आबश्यक प्रबिधिको बिकास, सुचना प्रणालीको बिकासको साथै दक्ष जनशक्ति उत्पादनमा जोड दिने उद्देश्यले गोष्ठी फलदायी भएको बिभागले जनाएको छ । अहिले देशका झण्डै ५ सय केन्द्रबाट मौषम सम्बन्धि जानकारी संकलन गरिरहेपनि प्रभाबकारी नभएको र वर्क स्टेशन बढाउने गृहकार्य भैरहेको बताईएको छ ।नयाँ आयोजनाको बारेमा जानकारीको लागि यसअघि काठमाण्डौमा , धनगढी, नेपालगञ्जमा क्षेत्रिय स्तरको गोष्ठी सम्पन्न भैसकेको र पोखरा पछि अब बिराटनगरमा यस्तै गोष्ठी संचालन गरी सुझाब संकलन गर्ने बिभागले जनाएको छ ।

प्रबिधिको अभाब नभएपनि जनशक्ति अभाबमा सुचना प्रणालीलाई प्रभाबकारी बनाउन नसकिएको बिभागले जनाएको छ । बिश्व बैंकको सहयोगमा सुरु भएको ५ बर्षे जलबायु प्रकोप समुत्थान निर्माण आयोजना मार्फत अब नेपालको मौषम पूर्बानुमान प्रणालीलाई प्रभाबकारी बनाईने जल तथा मौषम बिज्ञान बिभागका महानिर्देशक ऋषिराम शर्मा बताए ।

 

कमेन्टहरु
Loading...