मोडल रोहनसँग टिकटक स्टार बिनाको ‘क्या बबाल’ (भिडियाे सहित)

पाेखरा । अहिलेका व्यस्त मोडल रोहन नेपाली तथा टिकटकबाट चर्चित बनेकी बिना रावतको अभिनय रहेको म्युजिक भिडियो ‘क्या बबाल’ युटुब मार्फत सार्वजनिक भएको छ।

मनि खालिङको प्रस्तुतिमा निर्माण भएको भिडियोलाई सङ्गीत संयोजन देवेन्द्र नेवाले गरेका छन्। रोमान्टिक कथालाई समेटेर तयार पारिएको यस गीतको म्युजिक भिडियोमा हरि लम्सालले सङ्गीत भरेका छन्।

सौरभ लामाले खिचेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन् । भिडियोमा अहिलेका चर्चित कोरियोग्राफी तथा निर्देशक रामजी लामिछानेले मोडल रोहन र बिनालाई नृत्यसँगै रोमान्टिक मुडमा प्रस्तुत गरेका छन्।

सुभाष ढुङ्गानाको स्वर रहेको गीतको भिडियोमा सरस्वती श्रेष्ठको शृङ्गार रहेको छ। पछिल्लो समयको माग अनुसार तयार पारिएको भिडियोलाई दर्शकले माया गर्नुहुने आशा गरेको मोडल रोहनले बताए।

https://youtu.be/4pLh50fy2kc

कमेन्टहरु
Loading...