टेलिउपचार एपबाट सिधै चिकित्सकसँग परामर्श लिन सकिने

पोखरा । सिधै चिकित्सकसँग परामर्श लिन सकिने गरि टेलिउपचार एप सञ्चालनमा आएको छ । यो एप चिकित्सक र बिरामीलाई भेटाउने एउटा प्रविधि हो । टेलिउपचार एपमार्फत घर तथा अफिसमै बसेर मोबाइल वा ल्यापटपबाट आफ्नो समस्या राख्न सकिन्छ।

बिरामीको अनलाइन परीक्षणपछि लक्षणअनुसार औषधि वा आवश्य सल्लाह दिइनेछ। बिरामीको सुरक्षित स्वास्थ्य तथा डिजिटल प्रेस्किप्सन एपमा नै राख्न सकिने सञ्चालकहरु बताउँछन् ।

बिरामीलाई औषधिको होम डेलिभरी सुविधा समेत रहेको छ। टेलिउपचारमा विभिन्न क्षेत्रका विशेषज्ञ, चिकित्सकहरु आवद्ध छन् । घरमै बसेर आफ्नो समस्याअनुसार चिकित्सकसँग परमार्श लिन सकिने हुँदा बिरामीलाई सहज हुने सञ्चालकको भनाई छ ।

हालसम्म १५ सय बढीले सेवा लिइसकेको कम्पनीका महाप्रबन्धक सुरज गिरी आभासले जानकारी दिए । टेलिउपचारको सुरुवात अमेरिकामा रहेका सुमन गिरी र सुनिल पान्डेले गरेका हुन्।

कमेन्टहरु
Loading...