अन्तराष्ट्रिय महिला भलिवलमा एपिएफको विजयी सुरुवात

पोखरा २४, पुस/पोखरा रंगशालामा जारी नोङसिम शिन राम्योन अन्तराष्ट्रिय आमन्त्रित महिला भलिवलमा शसस्त्र प्रहरीको एपिएफ क्बलले विजयी शुरुवात गरेको छ । पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको दोस्रो दिन एपिएफलले पोखराको फिस्टेल उच्च माविलाई ३—० को सोझो सेटमा हरायो । एपिएफलाई २५—१९, २५—१७, र २५—१६ को सेटमा पराजित गर्दै तीन अंक जोडेको छ ।

त्यसै गरि दोस्रो खेल पोखराको ज्ञानुबाबा विरुद्ध भारतको वरीसा सवुज संघ कोलकत्ता विच खेल भैरहेको छ । भने अर्को खेलमा न्यु डाईमण्डले भारतको बर्षात एकेडेमि कोलकत्ता विच हुने छ । प्रतियोगितामा नेपालका ५ टिम र भारतबाट २ टिम गरि ७ टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताको विजेता टीमलाई एक लाख एक हजार एक सय ११, उपविजेतालाई ५० हजार पाँच सय ५५, तेश्रो हुनेलाई २० हजार दुई सय २२, चौथो हुनेलाई १० हजार एक सय ११ साथमा ट्रफि पदक तथा प्रमाण–पत्र प्रदान गरिने छ । लिग कम नकाउटका आधारमा खेलाईने उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, वेष्ट स्पाईक, वेष्ट सेटर, वेष्ट व्लकर, वेष्ट डिफेन्स र वेष्ट क्वीकरलाई आक्रषर्क पुरस्कार प्रदान गरिने छ ।

कमेन्टहरु
Loading...