पोखरा । नेकपा एमालले पार्टी एकताका लागि गठन गरिएको कार्यदल विघटन गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले कार्यदलले बुझाएको प्रतिवेदनलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको प्रवक्ता प्रदिप ज्ञवालीलले जानकारी दिए ।
सरकारलाई विश्वासको मत नदिने निर्णय समेत बैठकले गरेको प्रवक्ता ज्ञवालीले बताए ।
उनका अनुसार सबै सांसदहरुलाई विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन समेत दिएको छ ।
बैठक स्थगित गर्न माग गर्दै पुगेका माधव नेपाल समुहका नेता भिम रावल , गोकर्ण विष्ट लगायतको आग्रहलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले नमानेपछि नेपाल पक्षिय नेताहरुले बैठक बहिस्कार गरेर निस्केका थिए ।
आजै एमाले संसदीय दलको बैठक बस्दैछ ।