आजदेखि ७७ वटै जिल्लामा खोप अभियान सुरु

आजदेखि पुनः खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागले आजदेखि ७७ वटै जिल्लामा खोप अभियान सुरु गरेको हो ।

चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिकलाई दिइने विभागले जानकारी दिएको छ ।

अमेरिकी सरकारले अनुदानस्वरुप उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५० देखि ५४ वर्ष उमेर समूहका मानिसहरूलाई दिइने छ ।

सरकारले चिनबाट ८ लाख डोज भेरोसेल खोप खरिद गरी ल्याएको थियो । त्यस्तै आइतबार मात्रे अमेरिकी सरकारबाट अनुदानस्वरुप १५ लाख डोज जोनसन एण्ड जोनसन कम्पनीको जानसेन खोप उपलब्ध गराएको थियो ।

कमेन्टहरु
Loading...