समाजसेवि इन्द्राको श्रद्धाञ्जली सभा

पोखरा,२३,पुस/ मानव मिलन नारी जागरण नेपालको आयोजनामा समाजसेवि इन्द्रा क्षेत्रीको १३ औं पुण्य तिथीका अवसरमा उनको निवासमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । मानव मिलन नारी जागरण नेपालका अध्यक्ष सावित्री शर्माको सभाध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा मानव मिलन नेपाल स्याङ्जाका अध्यक्ष नारायण प्रशाद पौडेल , स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद वास्तोला पत्रकार सुष्मा पौडेल, अग्रसर वचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष दुर्गा आचार्य स्व क्षेत्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आत्माको चिरशान्तिको कामना गरेका थिए ।

कार्यक्रममा मानव मिलन नारी जागरणका अध्यक्ष शर्माले स्व क्षेत्रीको योगदानको कदर तथा स्मरण गर्दै संस्थाले १ लाखको अक्षयकोष खडा गरेको घोषण गरेकी थिइन् । अक्षयकोषको व्याजले वर्षेनी क्षेत्रीको सम्झना स्वरुप १ जना महिलालाई सामाजीक योगदानको कदर गर्दै सम्मान गर्ने जानकारी दिइन् ।

क्षेत्रिको पुष ११ गते ४० वर्षको उमेरमा वागलुङको वुर्तीवाङमा रिघाको फेदीमा जिपदुर्घटनामा परि घटनास्थलमा नै निधन भएको थियो । २०४९ सालदेखि सामाजीक क्षेत्रमा सक्रिय रुपमा लागेकि क्षेत्रि महिला , वालवालिका तथा सामाजीक क्षेत्रको विकासका लागि सक्रिय रुपमा लागि पर्ने गर्थीन् । उनका १८ वर्ष र १४ वर्षका दुई छोरी रहेका छन् । भने श्रीमानको १० वर्ष अगाडी नै मृत्यु भैसकेको थियो ।

कमेन्टहरु
Loading...