विपी चिन्तन कास्कीको निवन्ध प्रतियोगितामा सृजना उमाविका कठायत प्रथम

पोखरा, २२ माघ । विपी चिन्तन प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीले निवन्ध प्रतियोगितामा सहभागीहरुको छनौट गरेको छ । ‘बर्तमान सन्दर्भमा विपी कोइराला’ नामक शीर्षक दिइएको उक्त निवन्ध प्रतियोगितामा कास्की जिल्लामा सञ्चालनमा रहेको उच्च माविमा अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए । उक्त प्रतियोगितामा कास्कीबाट उत्कृष्ठ तीन छनौट गरि विपी चिन्तन प्रतिष्ठान केन्द्रीय कार्यालयमा केन्द्रीय लेभलको छनौटका लागि पठाइने समेत कास्कीले जनाएको छ ।

निवन्ध देशभरका उमाविबाट संकलनगरी केन्द्रीय स्तरबाट उत्कृष्ठ ५ लाई पुरस्कृत गरिने छ । यता कास्कीबाट पुरस्कृत भएका सृजना बहिरा आवासीय उमावि लेखनाथ–३ बाट प्रतियोगितामा सहभागी प्रशान्त कठायत काक्षा १२ ले प्रथम स्थान हासिँल गरेका छन् भने बाराही उमावि मालेपाटन–५ मा कक्षा १२ मा अध्ययनरत रमेश त्रिपाठीले दोस्रो स्थान हाँसिल गरेका छन् । विपी चिन्तन प्रतिष्ठान कास्कीका कोषाध्यक्ष एवं निवन्ध प्रतियोगितका संयोजक धर्मदत्त ढुङ्गानाले जानकारी दिएको जानकारी अनुसार प्रतियोगितामा गौरी शंकर उमावि हेम्जा–९मा अध्ययनरत अनिता बास्तोला काक्षा ११ ले तृतिय स्थान हासिल गरेकी छिन् ।

पृथ्बीनारायण क्याम्पसका सहप्राध्यापक तथा प्रतिष्ठानका क्षेत्रीय कोषाध्यक्ष सजना आचार्य र पृना क्याम्पसका सहप्राध्यापक श्रीधर न्यौपानेले उक्त निवन्ध प्रतियोगिताको निर्णायक मण्डलको भूमिका निभाएका थिए । विजयी प्रतियोगिहरुले कास्की प्रतिष्ठानबाट प्रथम, द्वितीय र तृतीयले क्रमशः ३ हजार, २ हजार, १ हजार ५ सय र प्रमाणपत्र पाउने जिल्लाका संयोजक झविन्द्रराज आचार्यले जानकारी दिएका छन् ।

 विपी प्रतिष्ठान केन्द्रीय समितिले देश भरका उमाविबाट संकलित निवन्ध मध्येबाट प्रथम हुनेलाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार र सान्वना स्थान हाँसिल गर्ने २ जनालाई नगद रु १०÷१० हजार र प्रमाणपत्र प्रदान गरिने केन्द्रीय महासचिव देवेन्द्र पौडेलले जानकारी दिए । केन्द्रले छनौट भएका उत्कृष्ठ–५ जनालाई काठमाडौँमा हुने कार्यक्रममा आउने जानेसमेतको ब्यवस्थागरि पुरस्कार वितरण गर्ने जनाएको छ । निवन्ध प्रतियोगितामा कास्की जिल्लाबाट छनौटमा परेका प्रतियोगिहरुलाई आगामी चैत्र मसान्तसम्ममा एक कार्यक्रमको आयोजानागरि पुरस्कृत गरिने प्रतिष्ठानका कोषाध्यक्ष धर्मदत्त ढुङ्गानाले जनाएका छन् ।

कमेन्टहरु
Loading...